सिन्धु विकास बैंकको सीइओमा गिरी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2022 | 11:06:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited को प्रमुख कार्यकारी अधिकृतमा राम कुमार गिरी नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले पुस २६ गते सोमबार बाट नै लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको हो । 

उनको कार्यकाल ४ वर्षको हुने छ । यस अघि गीरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए  । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले  आफ्नो व्यक्तिगत कारण खुलाई कार्तिक १ गतेदेखि लागु हुने गरि राजिनामा दिएका थिए । त्यसपछि बैंकले  नायव प्रमुख कार्यकारी अधिकृत रहेका राम कुमार गिरीलाई कार्तिक १ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । अब उनी पुर्णकालिन सीइओ भएका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved