गरिमा विकास बैंकको लकर सुविधामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 05:39:08 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले आउँदै गरेको अन्तराष्ट्रिय नारी दिवस २०२२ का अवसरमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्ने महिला ग्राहकहरुलाई लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ । 

गरगहना, सामान तथा कागजपत्र राख्न गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो । 

यस विकास बैंकका ग्राहकले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिनेछन् ।

यस विकास बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो शेयर बचत खाता खोलेका नारीहरुले उक्त छुट प्राप्त गर्ने बैंकले जनाएको छ । 

हाल, गरिमा विकास बैंकले ११८ शाखा, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा दिँदै  आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved