महालक्ष्मी विकास बैंकद्वारा प्रहरीलाई आर. ओ प्लान्ट हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2022 | 07:34:50 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको पकडी शाखाले ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्ध पिउने पानी व्यावस्थापनका लागी स्वचालित विद्युतिय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको छ । पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्वित हुने उद्देश्यले आर. ओ प्लान्ट हस्तान्तरण गरिएको बताए ।

स्वस्थ जीवनयापनकालागी शुद्ध खानेपानी अति आवश्यक रहेकोले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुयाउने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्ध पिउने पानी व्यावस्थापनका लागी स्वचालित विद्युतिय आर. ओ. प्लान्ट हस्तान्तरण गरिएको उनले बताए ।

बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आइरहेको छ ।  आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गाहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved