महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2022 | 06:07:37 PM मा प्रकाशित

laxmi bank sanima

महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका – ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । उक्त शाखाको उद्घाटन संयुक्त रुपमा बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व गृह राज्य मन्त्रि देवेन्द्र राज कंडेलले गरेका हुन् । 

यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कृष्ण बहादुर गुरुङले जनाएका छन् ।

 बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved