कामना सेवा बन्यो नेपाल पे क्युआरमा एकीकृत गर्ने हुने पहिलो विकास बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2022 | 05:29:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 कामना सेवा विकास बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ । एप अपडेट गर्दै बैंकले नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे क्युआरलाई आफ्नो मोबाईल बैंकिङ्ग एपमा एकीकृत गरेको छ ।

यस संगै अब बैंकको एपबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई एपको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने बैंकले जनाएको छ । यससँगै कामना सेवा विकास बैंक, नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ ।

यो सहकार्य सँगै कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध क्युआर पेमेन्ट प्रयोग गरी नेपाल पे क्युआरका मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved