कामना सेवा विकास बैंकको अनलाईन पोर्टल सार्वजनिक, यस्ता छन् सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 12:57:18 PM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंकले अनलाईन पोर्टल KS Digi World सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल सार्वजनिक गरिएको बैंकले जनाएको छ। 

बैंकका अनुसार यो सेवा लागू भएपछि बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् । KS Digi world मा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध रहेको बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved