मुक्तिनाथ विकास बैंक 'द बिज अवार्ड' बाट सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2022 | 12:46:58 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक 'द बिज अवार्ड २०२२' बाट सम्मानित भएको छ । वल्ड कन्फीडरेसन अफ बिजनेश 'वल्डकब'द्वारा आयोजना गरिएको बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्डमा बैंकले पुरस्कार पाएको हो ।

विभिन्न ६ विघाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक लि. सम्मानित भएको हो । सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ । मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा बिजनेश एक्सिलेन्स अवार्डद्वारा र बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि बिजनेश एक्सिलेन्स अवार्डद्वाराले सम्मानित गरिएको बैंकले जनाएको छ ।

यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको बैंकले उल्लेख गरेको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने  “ग्लोबल एसएमई अवार्ड २०२१” को SME Financier of The Year- Asia विधामा पनि बैंक सम्मानित भएको थियो । 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved