
एम. ए. डब्लुका गाडी किन्न लुम्बिनी विकास बैंकबाट कर्जा पाईने भएको छ । लुम्बिनी विकास बैंक र एम. ए. डब्लु. अटो कोर्प प्रा. लि. तथा एम. ए. डब्लु. कमर्सियल भेहिकल्स प्रा. लि. बिच फोटन र चङ्गन ब्राण्डका ब्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने सम्झौता भएको हो ।
सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एम. ए. डब्लु. अटो कोर्प तथा एम. ए. डब्लु. कमर्सियल भेहिकल्स प्रा. लि. को तर्फबाट प्रबन्ध निर्देशक विबेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । सो सम्झौतापत्रमा उल्लेख भएअनुसार उक्त सुबिधा ग्राहकहरुले बैंकको सबै शाखाहरुबाट लिन सक्नेछन् ।
लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा दिदै आएकोे छ । साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देश भरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्ने बैंकले जनाएको छ।