ग्रीन डेभलपमेण्ट बैंकद्धारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 08:20:09 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन डेभलमपमेण्ट बैंकले लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग गरेको छ । बैंकले मादी गाउँपालिका ७, कास्कीका सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलव्ध गराउने उद्धेश्यले २००० लिटरका २ थान र १००० लिटरको १ थान ट्याङ्की उपलव्ध गराउन लेखनाथ खानेपानी उपभोक्ता संस्था मार्फत् खानेपानी ट्याङ्की स्थापना तथा खरिद गर्नको लागि ६७ हजार रुपैया सहयोग प्रदान गरेको हो  ।

बैंकक कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि वहादुर वुढाथोकीले लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालाई वैंकको सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत उक्त रकम हस्तान्तरण गरेका हुन् । 

बैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरमा रहेका १६ वटा शाखा कार्यालयहरुवाट वैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved