Election 2079 Worldcup 2022

कामना सेवाद्वारा डिजिटल बैकिङ्ग प्रबर्दनको लागि अनलाइन वेबिनार सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 09:08:07 AM मा प्रकाशित

laxmi bank

कामना सेवा विकास बैंकले डिजिटल बैकिङ्ग प्रबर्दनको लागि अनलाइन वेबिनार सम्पन्न गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुम मार्फत असोज ०८ गते चौथौँ अनलाइन वेबिनार सम्पन्न गरेको जनाएको हो।

बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको छ ।  कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपुर्ण जानकारीहरु प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले आफ्नो वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम संचालन गरेको र आगामी दिनहरूमा पनि थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved