शाइन रेसुङ्गाको दशैँ अफर: हरेक रिचार्जमा ५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 06:06:57 PM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न “नगद छोडौं डिजिटल रोजौं” भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसेल र एनटिसीबाट गरिने हरेक टप अप कारोबारमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको जनाएको छ ।

त्यसैगरि, बैंकले ईसेवा वालेटमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खाता लिंक गरि रकमान्तर गर्ने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले Huawei Honor Pad X8 प्राप्त गर्न सक्ने जनाएको छ । बैंकले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसन प्रा.लिद्वारा सञ्चालित मोको डिजिटल वालेट सँग आवद्ध  भई भिसा कार्ड मार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ ।

  बैंकका ग्राहकहरूले मोको डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरि भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु.२०० सम्मको छुट प्राप्त गर्न सक्ने छन् । यो छुट पहिलो २०० जना ग्राहकहरुले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

बैंकले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved