कामना सेवाद्वारा मैतिदेवी मन्दिरलाई सरसफाई सामाग्री र डिजिटल दान पेटिका हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 03:41:07 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले मैतिदेवी मन्दिरलाई सरसफाई सामाग्री र डिजिटल दान पेटिका हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय कार्यालय मार्फत काठमाडौं जिल्ला क.म.पा. वडा नं. ३०, मैतिदेवी स्थित मैतिदेवी मन्दिरलाई  सरसफाई सम्बन्धी विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

उक्त सामाग्रीहरु मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कामनपा वडा न. ३० का वडा अध्यक्ष तथा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य दल बहादुर कार्कीलाई उक्त सरसफाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । साथै बैंकले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले डिजिटल माध्यम मार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा डिजिटल डोनेसन बक्स समेत राखेको छ ।  

 प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले  बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved