कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2022 | 09:34:27 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले २०७९ साल पौस ०१ गते शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो ।

बैंकका नायव महा प्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको शुभारम्भ गरेका हुन् ।  

यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, एससीटीको सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम , PoSk जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved