मुक्तिनाथ विकास बैंकका सुरु गर्याे ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 06:16:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले १६ वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गरेको छ। यहि अवसरमा दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै “मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट” अभियानको संचालन गरेको छ ।

यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धााश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिचाई करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तानतरण गरेको छ ।

दैनिक रुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भएपनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको हो।

यसबाट संस्थामा बस्नुहुने सदस्यहरुमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत बैंकले विश्वास लिएको छ। 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एछिएम कार्ड, प्रयोग गरी नेपालभरी रहेका भिडा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved