भुरुङ तातोपानीमा गरिमा विकास बैंकको एटिएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2023 | 04:55:40 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ०२, भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको छ  ।  बैंकका संचालक  दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयूक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका हुन्  ।

म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ । 

बैंकले १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट÷क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved