एक अर्बको ऋणपत्र निष्काशन गर्दै लुम्बिनी विकास बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 11:01:05 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

दश वर्ष अवधिको ऋणपत्रको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो । बैंकको सो ऋणपत्र बिक्री तथा निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कुल  निष्काशन गरिने ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनबाट बिक्री गर्ने जनाएको छ  ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशनका लागि बैंकले गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।

ऋणपत्र निष्काशन बन्द छिटोमा जेठ १९ गते हुनेछ भने ढिलोमा जेठ ३० गते हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved