सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई एएसजी आई केयरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 08:10:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले एसएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा छुट पाउने भएका छन्  ।  बैंकका ग्राहक , कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले छुट सम्झौतामा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

  सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र एएसजीको तर्फबाट निर्देशक डा सबिन ढकालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार एएसजीले बैंकका ग्राहक , कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका आँखा सम्बन्धी OPD Package, (Synoptophore, Retinoscopy etc) तथा अन्य  सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार आँखा चेक जाँचमा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved