लुम्बिनी विकास बैंकद्वारा विभिन्न विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2024 | 06:59:13 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरु मार्फत वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । विकास बैंकले “GLOBAL MONEY WEEK 2024” को अवसरमा विभिन्न बिद्यालयमा अध्ययनरत करिब एक हजार बिद्यार्थीहरुमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

जस अन्तर्गत अभिवृद्धि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ युवा बिद्यार्थीहरुलाई बैंकले गर्ने कार्यहरु जस्तै बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ्ग लगायतका विषयहरु समेटि बिद्यालयहरुमा नै वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको थियो ।

साथै, उक्त अवसरमा बैंकका शाखा कार्यालयहरुबाट वित्तीय जानकारी मुलक प्लेकार्डहरु प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रम समेत आयोजना गरेको थियो । “ Protect your money, secure your future" भन्ने नाराका साथ यो वर्ष (२०२४) को GLOBAL MONEY WEEK, १८ देखि २४ मार्चमा युवा बिद्यार्थीहरुलाई लक्षित गरि बैंकले पनि सो कार्यक्रमहरु सम्पन्न गरको थियो ।

यसबाट बैंकिङ्ग प्रणली सुद्रिढ हुनुका साथै युवा विद्यार्थीहरुमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा ( एक्सटेन्सन काउण्टर) मार्फत सेवा दिई रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved