सोल्टी होटेल Soaltee Hotel Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले १५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत ११.३१५ प्रतिशत नगद लाभांश गरि कुल २६.३१५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
होटेलको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २४ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले मङ्सिर २५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।