हिमालयन जनरल इन्स्योरेन्स Himalayan General Insurance Company Limited ले लाभांश दर संशोधन गरेको छ । कम्पनीले यस अघि प्रस्ताव गरेको लाभांश घटाएर नयाँ दर प्रस्ताव गरेको हो ।
यस अघि कम्पनीले ५ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद प्रस्ताव गरेको थियो । तर अब कम्पनीले ४ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद प्रस्ताव गरेको हो । बिमा समितिले परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको र परिमार्जित विवरण अनुसार बाँडफांडको लागि रकम कम भई लाभांश घट्न गएको कम्पनीले जनाएको छ ।
कम्पनीको नयाँ प्रस्ताव बिमा समितिले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड रहेको छ ।