एनएमबि लघुवित्तको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 09:38:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि लघुवित्त वित्तीय संस्था NMB Microfinance Bittiya Sanstha  को लाभांश पारित भएको छ। लघुवित्तको सञ्चालक समिति अध्यक्ष सजिव सुब्वाको सभापतित्व तथा नेपाल राष्ट्र बैकका प्रदेश प्रमुख  ईश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा  सोमबार बसेको बैठकले लाभांश पारित गरेको हो। 

लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट आफ्ना सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि २० प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो। 

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १ (एक) प्रतिशतका दरले हुन आउने रकम ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसैगरी हाल कायम चुक्ता पुँजी ४५ करोड ३६ लाख १७ हजार ५ सय रुपैयाँको १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७  हजार ३२५ रुपैयाँं बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

कम्पनी सचिव गोविन्द बाँस्तोलाले सञ्चालन गरेको सभामा एनएमबि बैंकको तर्फवाट प्रतिनिधित्व सञ्चालक  गोविन्द घिमिरेले समेत शेयरधनि समक्ष आफ्रनो धारण राखेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved