नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2022 | 07:05:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। कोषको आज बेलुका ५ बजेर ३० मिनेट जाँदा बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ को लाभांश प्रस्ताव गरेको हो। 

कोषको बैठकले आर्थिक बर्ष २०७७-०७८ मा आफ्ना सेयरधनिहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। 

उक्त प्रस्ताव कोषको सरोकारवाला मन्त्रालय अर्थमन्त्रालय र कोषको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।   

लाभांश वितरण पश्चात कोषको चुक्तापूंजी ४ अर्ब २५ करोड पुग्नेछ।   हाल कोषको चुक्तापूंजी ३ अर्ब २७ करोड रहेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved