एनआईसी एशिया क्यापिटलद्धारा सामूहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 06:39:46 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले सामूहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ । 

आज शुक्रबार क्यापिटलको कार्यालय बबरमहलमा बसेको संचालक समितिको ११५औं बैठकले आर्थिक वर्ष २०७८÷०७९ का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित वन्दमुखी योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड्फण्डका इकाईधनीहरुलाई १३ प्रतिशत (कर सहित) का दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

आजकै संचालक समिति बैठकले त्यस्तै पहिलो खुल्लामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई ६ प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय पनि गरेको छ । 

एन आई एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो । ब्यालेन्सड् फण्डले पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत प्रतिफल वितरण गरेको थियो । त्यस्तै, एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले पहिलो वर्ष १० प्रतिशत प्रतिफल वितरण गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved