सबैको लघुवित्तको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2023 | 06:12:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा शुक्रबार तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. ५ याम्पाफाँटमा सम्पन्न भएको छ । 

संस्थाका सञ्चालक समिति अध्यक्ष नारायण प्रसाद जोशीको सभाध्यक्षतामा सम्पन्न सो साधारण सभामा अध्यक्ष जोशीले आ.व. २०७८।७९ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । 

यस वार्षिक साधारणसभाले आ.व. २०७८।७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८÷७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम वित्तीय संस्थाको आ.व. २०७८÷७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. २७ करोडको ०.९५ प्रतिशतले हुन आउने रु. २५,५७,८९४।७४ नगद लाभांश (बोनश शेयरमा लाग्ने कर वापतको रकम) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

यसै गरी लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्रेष्ठ एण्ड न्यौपाने एशोसियट चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरेकोछ ।

त्यसै गरी विशेष प्रस्ताव तर्फ वित्तीय संस्थाको अधिकृत पूँजी रु. ३० करोडबाट वृद्धि गरी रु. ४० करोड र जारी तथा चुक्ता पूँजी रु. २७ करोडबाट ३१ करोड ८६ लाख पु¥याउने, वित्तीय संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरुप यस वित्तीय संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन÷ परिमार्जन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा मर्जर) वा एक्विजिशन गर्ने वा शाखा खरिद गर्न आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालन समिति वा समितिले तोकको ब्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो । 

साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

साधारणसभामा प्रस्तावित बोनश शेयर १८ प्रतिशतका दरले रु. ४ करोड ८६ लाख बोनश शेयर वितरण गर्न स्वीकृति अनुमोदन भएपछि वित्तीय संस्थाको चुक्ता पूँजी रु. ३१ करोड ८६ लाख पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved