माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 11:37:25 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपाल लिमिटेडले   लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले चैत्र १३ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ फागुन ३० गते  बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved