काठमाडौँ पाउरोटी र सयपत्री कलर ल्याब जस्ता नबनुन् आइपीओ ल्याउने नयाँ कम्पनी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 27, 2023 | 09:10:14 AM मा प्रकाशित

laxmi  sunrise bank

कुनै समय नेपाल स्टक एक्सचेन्ज नेप्सेमा काठमाडौँ पाउरोटी उद्योग लिमिटेड, पोखरा पाउरोटी उद्योग लिमिटेड , इन्द्रेणी सोयाबिन उद्योग लिमिटेड जस्ता उत्पादन तथा प्रशोधन कम्पनी सुचिकृत थिए । ति कम्पनी केहि वर्ष मै बजारबाट हराए ।

सर्वसाधारणलाई आइपीओ निष्काशन गरेर सुचिकृत भएका ति कम्पनीबारे खासै खोजि भएको पाईदैन । त्यस्ता कम्पनी बजारबाट हराउनुमध्ये एक कारण थियो प्रत्यक्ष नियमनकारी निकाय नहुनु ।

अहिले बजारमा प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुले सर्वसाधारणमा साधारण शेयर (आइपीओ ) निष्काशन गर्ने क्रम बढेको छ। च्याउ उत्पादन गर्ने, चामल उत्पादन गर्ने, फिल्म हल चलाउने, इन्टरनेट सेवा दिने, टावर र कम्प्लेक्सदेखि स्टिल, तथा सिमेन्ट उद्योगहरु आइपीओ निष्काशन गर्न तत्पर भएका छन् । प्रत्यक्ष नियामक नभएका सिमेन्ट कम्पनी, इन्भेष्टमेन्ट कम्पनी, होटेल कम्पनी अहिले सुचिकृत पनि छन् । यस्ता कम्पनी बजारमा आउँदा विविधिकरण भए पनि सर्वसाधारणलाई जोखिम पनि उत्तिकै बढेको छ । हाल पुँजी बजारमा बैंक तथा वित्तीय संस्था, बीमा र हाइड्रो कम्पनीको हिस्सा अधिक छ। 

बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले प्रत्यक्ष नियमन गरेको छ, र  बीमालाई बीमा प्राधिकरणले नियमन गर्छ । नियामक निकायको रुपमा विद्युत नियमन आयोग भए पनि हाइड्रोहरुको हकमा  प्रत्यक्ष नियमन भने छैन । बैंक र बीममा जस्तो नियामक निकायले वित्तीय विवरण स्वीकृति गर्नु पर्ने, लाभांश घोषणामा पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था भने हाइड्रो कम्पनीमा छैन । तर नियामकको रुपमा एउटा निकाय भने छ ।

प्रत्यक्ष नियामक निकाय नभएका कम्पनी शेयरबजारमा आएर केहि वर्षपछि पलायन हुने हुन् कि भन्ने आशंका पनि बढ्दो छ । जब नियामक निकायले कम्पनीहरुलाई त्रैमासिक रुपमा वित्तीय विवरण प्रकाशन गर्न, समयमा साधारणसभा गर्न बाध्य पार्दैन तब कम्पनीहरुले आफुखुसि काम गर्न लाग्छन् । त्यसो त सबै सुचिकृत कम्पनीले आफ्नो वित्तीय विवरण अनिवार्य रुपमा नेप्सेको वेबसाइटमा देखिने गरि अपलोड गर्नु पर्ने कानुनी व्यवस्था अझै छ । तर यसको कडाइका साथ पालना भएको छैन । नेप्सेले पनि यस बारे खासै ध्यान दिएको छैन । 

कसरी हराउछन् सुचिकृत कम्पनी ? 

धितोपत्र सूचीकरण विनियमावलीमा नेप्सेले कम्पनीको सूचीकरण स्थगन र खारेज गर्न सक्ने व्यवस्था छ ।  धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएमा, धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सूचीकरण सम्झौतामा उल्लिखित समयमा नेप्सेमा पेश नगरेमा, नेप्सेलाई गलत सूचना दिएमा वा पटक पटक सूचना परिवर्तन गरेमा, र नेप्सेमा वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन समयमा पेश नगरेमा नेप्सेले धितोपत्र स्थगन गर्न सक्ने व्यवस्था छ । यो भनेको केहि समयको सूचीकरण स्थगन हो, नगरेको भनिएको कार्य गरेपछि पुन: स्थगन गरिएको सूचीकरण फुकुवा हुन्छ । नेप्सेले धेरै पटक विभिन्न कम्पनीको सूचीकरण यसरी स्थगन र स्थगन फुकुवा गर्ने गरेको छ । 

त्यस्तै बार्षिक शुल्क नबुझाएको कारण लगातार तीन बर्ष धितोपत्रको सूचीकरण स्थगन भएमा नेप्सेले सूचीकरण नै खारेज गर्न सक्छ । त्यस्तै एउटै कारणले तीन पटक भन्दा बढी सूचीकरण स्थगन भएमा नेप्सेले सूचीकरण खारेज गर्न सक्छ ।  

प्रमोटर भाग्ने डर ! 

बैंक तथा  वित्तीय संस्था र बीमामा प्रमोटर शेयरको कारोबार बारे छुट्टै व्यवस्था छ । ति कम्पनीको प्रमोटर शेयर सहजै कारोबार हुन सक्दैन । तर प्रत्यक्ष नियामक निकाय नभएका कम्पनीमा भने साधारण शेयर र प्रमोटर शेयर एकनासले कारोबार हुन्छ । आइपीओ निष्काशन गरेको ३ वर्षसम्म  प्रमोटर शेयर लक भएर बसेको हुन्छ अर्थात् बेच्न मिल्दैन । ३ वर्षपछि प्रमोटरले  पनि शेयर बेच्न पाउछन् । ३ वर्षको बन्देज फुकुवा भएपछि प्रमोटरले आफुसंग भएको सबै शेयर बेचेर निस्कन सक्छ । शेयर बेचेर निस्किएपछि उ संग कम्पनीको कुनै दायित्व बाँकि रहदैन । यसरी शेयर बेचेर निस्कने प्रक्रियामा प्रमोटर शेयर बेचेर भागेको भन्ने रुपमा अर्थ्याइन्छ । 

सामान्यतया प्रमोटर संग ठुलो मात्रमा शेयर हुन्छ । तर उसले आफुसंग भएको शेयर बेच्दा ति शेयर छरिएर धेरै लगानीकर्तासंग पुग्न सक्छ । यसो हुँदा कम्पनीको अपनत्व लिने कोहि हुदैन । यतिसम्म कि कतिपय हाइड्रो कम्पनीले साधारणसभा गर्दा कोरम नै नपुगेर साधारणसभा स्थगित समेत हुने गरेका छन् । प्रमोटर शेयरले शेयर बिक्रि गरेर बाहिरिएपछि पनि यस्तो समस्या आउँछ । ठुला कम्पनीमा यस्तो समस्या नहोला, तर साना पुंजी भएका कम्पनीमा यस्ता समस्या नआउला भन्न सकिन्न । 

थोरै पुंजी भएका कम्पनीले अहिले १० वा २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरेपछि बजारमा शेयर संख्या कम हुन्छ । शेयर  संख्या कम भएपछि कर्नरिंग गरेर मूल्यमा उछाल आउँछ । लकिंग अवधि खुल्नु अवधि मुल्य बढाउने केहि फण्डा कम्पनीले ल्याऊछ । मूल्य बढेको बेला प्रमोटर आफ्नो शेयर बेचेर निस्कन सक्छ ।  ३ वर्षपछि लगानी उठ्ने र दोब्बर तेब्बर नाफा हुने भए पछि प्रमोटरले शेयर बिक्री गरेर निस्किए कम्पनीमा संचालक बस्ने व्यक्तिसमेत नपाउने अवस्था आउँन पनि सक्छ । वित्तीय विवरण निकाल्ने, साधारणसभा गर्ने लगायतका दायित्व बहन गर्ने व्यक्ति नपाउने अवस्था पनि हुन् सक्छन् । यहि बाट हो कम्पनी पलायन हुन थाल्ने । 

जस्तो पायो त्यस्तै कम्पनीलाई आइपीओ निष्काशन गर्न दिंदा भोलीको दिनमा यसरी नै कम्पनी पलायन नहोलान भन्न सकिन्न। बजारमा आउने कम्पनी काठमाडौँ पाउरोटी उद्योग लिमिटेड, पोखरा पाउरोटी उद्योग लिमिटेड , इन्द्रेणी सोयाबिन उद्योग लिमिटेड जस्तो भई बजारबाट पलायन नहोउन् । लगानी गर्न जोखिम बुझेर गर्नु पर्छ । 

यद्यपि पुंजीबजार ठुलो जोखिम भएको क्षेत्र हो । पुंजीबजारमा कम्पनी पलायन हुनु नौलो कुरा भने होईन । नेपाल कै हकमा दर्जनौ कम्पनी बजारबाट पलायन भएका छन् । भारतमा पनि सयौ कम्पनी बजारबाट पलायन भएका छन् । 

जो नेप्सेबाट पलायन भए 

नेकोन एयर 

नेपाल मेटल  कम्पनी 

नेपाल ब्याट्री कम्पनी लिमिटेड

बालाजु यन्त्रशाला सेनिटरी लिमिटेड

द जुद्द म्याच फ्याक्ट्री (बिराटनगर) लिमिटेड

मोरंग सुगर मिल्स

नेपाल पलाईउद् एण्ड बोबिन कम्पनी 

द जुद्द म्याचफ्याक्ट्री (बिरगंज)

हिमाल सिमेन्ट कम्पनी 

बिराटनगर जुट मिल

बालाजु यन्त्रशाला इलेक्ट्रो कम्पनी 

नेपाल वनस्पति घी उद्योग 

रघुपति जुट मिल 

बुटवल स्पिनिग मिल 

काँचोछाला संकलन तथा विकास संस्थान 

गोरखकाली रबर उद्योग 

ज्योति स्पिनिग मिल्स

अरुण बनस्पति उद्योग 

गण्डकी वृक फ्याक्ट्री 

सयपत्री कलर ल्याब 

हरिसिद्धि वृक एण्ड टायल फ्याक्ट्री 

विराट  शु कम्पनी लिमिटेड 

खाद्य उद्योग लिमिटेड 

नेपाल मेड कम्पनी लिमिटेड 

एग्रो नेपाल लिमिटेड 

काठमाडौँ पाउरोटी उद्योग 

पोखरा पाउरोटी उद्योग 

हेटौडा लेदर इन्डस्ट्री 

इन्द्रेणी सोयाबिन उद्योग 

नेपाल जुगल वुल पब्लिक लिमिटेड 

नेपाल ट्रेड एण्ड टेम्पल लिमिटेड 

व्हाईट एभरेष्ट ब्यापार कम्पनी 

नेपाल युनाईटेड कम्पनी 

नेपाल वुल इम्पोर्ट एण्ड सप्लाइज कम्पनी 

प्लास्टिक ट्रेडिङ कम्पनी 

नेपाल ब्यापार कम्पनी (कोशी) लिमिटेड 

नेपाल एभरेष्ट कम्पनी 

नेपाल व्यापार विकास कम्पनी 

इन्ट्रादे नेपाल कम्पनी 

ग्रिनहिल ट्रेडिङ कम्पनी 

नेपाल प्रोग्रेसिभ ट्रेडिङ कम्पनी 

काष्ठमण्डप ट्रेडिङ कम्पनी 

लुम्बिनी ट्रेडिङ कम्पनी 

हिमालयन ट्रेडिङ कम्पनी 

नेपाल युनिक ट्रेडिङ कम्पनी 

रामजानकी ट्रेडिङ कम्पनी 

नेपाल ट्रेडिङ कम्पनी 

एभरेष्ट वुल कम्पनी 

इकोनोमिक सर्भिस सेन्टर लिमिटेड

यो पनि : यी ५० बढी कम्पनीले निष्काशन गर्दैछन् अर्बौँकाे आईपीओ (विवरणसहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved