समृद्धिमा बैंकको भूमिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 12:33:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनिल केसी 

दुई शक्तिशाली राष्ट्रको बीचमा रहेको हाम्रो देश नेपाललाई समृद्धितर्फ लैजाने हो भने कृषिमा आत्मनिर्भरता, शैक्षिकस्तरमा वृद्धि, पूर्वाधार विकास, रोजगारी तथा समान अवसर, पारदर्शिता र जवाफदेहिता, छिमेकी तथा क्षेत्रीय राष्ट्रसँगको सौहार्दपूर्ण सम्बन्ध, अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति, दीगो विकास लक्ष्य प्राप्ति, नवप्रवर्तनको अभ्यास, र वित्तमा समान पहुँचको सुनिश्चितता गर्न जरुरी पर्दछ ।

समग्रमा भन्नुपर्दा समृद्धि  हासिल गर्न भौतिक सम्पत्तिभन्दा पनि बढी समावेशी विकास, दीगो अभ्यास र सामाजिक सद्भाव बढाउने राष्ट्रको आकांक्षालाई मूर्तरुप दिनुपर्छ । कृषि, शिक्षा, पूर्वाधार विकास,आत्मनिर्भरतालाई प्राथमिकता दिएर नवप्रवर्तन, स्टार्टअप र वित्तमा पहुँचको सुनिश्चितता गर्ने हो र देशमै रोजगारी सिर्जना गरी सबैलाई समान अवसर प्रदान गर्दै सुशासन कायम गर्ने हो भने नेपालले आफैलाई  व्यापक समृद्धि र परिवर्तनकारी मार्गमा अग्रसर गराउन सक्छ ।

‘समृद्धि’ आफैँमा एउटा दर्शन र मूल्य–मान्यतामा आधारित अवधारणा हो, जसले कुनै पनि देशका जनताका लागि गुणस्तरीय जीवन, समान अवसर र प्रकृतिसँगको घनिष्ठतालाई एउटै शुत्रमा बाँधेको हुन्छ । आर्थिक वृद्धिका साथै सामाजिक, साँस्कृतिक, वातावरणीय र अन्य अर्थतन्त्रका आयामलाई समेट्ने दीगो विकास एवं लक्ष्यको परिकल्पना नै समृद्धि हो ।

समृद्धिमा बैंकको भूमिका

एनएमबि बैंक ग्लोबल अलायन्स फर बैंकिङ्ग अन भ्यालुज (GABV) को नेपालमै पहिलो सदस्य वाणिज्य बैंक हो । बैंकले सन् २०१४ देखि नै दीगो बैंकिङको अवधारणालाई नेपालमा प्रवर्धन गर्दै आइरहेको छ र हाम्रो प्रत्येक गतिविधिहरूमा यसको अभ्यासलाई महसुस गर्न सकिन्छ ।

नेपालले सन २०२६ मा विकासोन्मुख राष्ट्रमा स्तरोन्नति र दीगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म विभिन्न लक्ष्यहरूको प्राप्तिलाई प्राथमिकतामा राखेको छ । यसका लागि बैंकले पनि आफ्नो लगानी तथा सामाजिक उत्तरदायित्वका गतिविधिहरूलाई सोही लक्ष्य प्राप्ति गर्ने कदम अघि बढाइरहेको छ । बैंकको लगानी प्राथमिकतामा कृषि, उर्जा, पर्यटन, निर्यातमुखी कलकारखाना, आयात प्रतिस्थापन तथा रोजगार सिर्जना गर्न सक्ने साना तथा घरेलु उद्योग रहेका छन् ।

यसका लागि बैंकले नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरी जलविद्युत तथा नवीकरणीय उर्जामा लगानी गरिरहेको छ भने वैदेशिक ऋण भित्राई अन्य उत्पादनमुखी र वास्तविक क्षेत्रमा पनि लगानीलाई उल्लेख्यरूपमा बढाउँदै लगेको छ । साँच्चै भन्नुपर्दा एनएमबि बैंक नेपाली बैंकिङ क्षेत्रमा समृद्धि  एवं दीगो वित्तपोषणको नारालाई आत्मसाथ गर्ने पहिलो बैंक हो । लिएको दीगो बैंकिङ्गको रणनीतिले गर्दा नै आज एनएमबि विदेशी लगानीकर्ताका लागि नेपालमा पहिलो रोजाइको बैंक बन्न सकेको छ ।

बैंकले ठूला परियोजनाले वातावरणमा पार्न सक्ने जोखिम न्यूनिकरण गर्नका लागि Environmental and Social Risk Management फ्रेमवर्क तयार पारी परियोजनाले त्यसको पालनाको गरेका छ÷छैन भनेर निरन्तर निगरानी गर्ने गरेको छ । 

साथै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले प्राकृतिक एवं ऐतिहासिक सम्पदाको संरक्षण, वृक्षारोपण, शिक्षा तथा स्वास्थ्यको आधुनिकीकरणका लागि विभिन्न संघ–संस्थामार्फत देशैभरी प्रभावकारी काम गरिरहेको छ । बैंक नाफाभन्दा अघि समाज र पृथ्वीलाई राखि दीगो मूल्यमान्यतामा आधारित बैंकिङ्ग अभ्यास गर्दै देशलाई समृद्धितर्फको यात्रामा अग्रसर बनाउन निरन्तर प्रयासरत छ ।

समृद्धितर्फको यात्रा कुनै पनि क्षेत्रले एक्लै तय गर्न सक्दैन । यसमा जति सरकारको भूमिका छ त्योभन्दा बढी निजी क्षेत्रको जिम्मेवारी हुनुपर्दछ । सरकारले कार्यदिशा प्रदान गर्ने हो र enabler को भूमिका निभाउने हो । निजी क्षेत्रका सरोकारवालाले सरकारले तय गरेको समृद्घिको कार्यदिशा अनुरुप आफ्नो व्यवसायलाई ढाल्दै लानुपर्छ ।

कोभिड महामारी तथा रुस–युक्रेन युद्घका कारण अहिले निजी क्षेत्रमा पनि दीगो विकास र समृद्धि को आवश्यकताको वकालत हुन थालेको छ । अन्तर्राष्ट्रिय घटनाक्रमले देशको बृहत अर्थतन्त्रमा प्रत्यक्ष रूपमा असर पारिरहँदा यसले व्यवसायलगायत राष्ट्रको समृद्धि  तर्फको यात्रालाई नै ओझेलमा पारिरहेको हुँदा अहिले आएर विभिन्न सरोकालवालाले पनि यसमा निकै नै चासो व्यक्त गर्न थालेको मैले पाएको छु ।

समृद्धि र सञ्चारमाध्याम

नेपाली सञ्चारमाध्यमको पहुँच अहिले देशैभरी नै छ । सञ्चारमाध्यमको आवाज नै जनतासम्म पुग्न सक्ने एक बुलन्द माध्यम हुनुका साथै समृद्धिको चेतना जनस्तरमा फिजाउन सक्ने साधन भएकाले समृद्धि  नेपालको लक्ष्य भेट्टाउन बैंकले गरेका गतिविधिमा नेपालका सञ्चारमाध्यमको भूमिका निकै नै सहयोगी रहेको छ । 

बैंक आफैँले समृद्धिका  लागि गरेका गतिविधिलाई मानिसमा पु¥याउन सक्दैन र यसका लागि सञ्चारमाध्यमकै आवश्यकता पर्दछ । हामीले गर्ने क्रियाकलापहरूलाई समाचार बनाई देश तथा विदेशमा रहनुभएका नेपालीहरूमाझ पु¥याउन सञ्चार क्षेत्रको उल्लेख्य भूमिका रहेको छ ।

समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सरोकालवाला एक भएर अघि बढ्नुपर्छ । यो कुनै एक वा दुई संस्थाविशेषले आफ्ना लागि मात्र हासिल गर्ने कुरा होइन । यो लक्ष्य प्राप्तिका लागि सबैले उत्तिकै योगदान दिनुपर्छ र आत्मासाथ गर्नु पर्छ । यसका लागि बैंक तथा सञ्चारमाध्यम एकजुट भइ काम गर्नु पर्छ ।

साधारण जनताले सबैभन्दा बढी विश्वास सञ्चारमाध्यमको नै गरेका हुन्छन् । यसका लागि मिडियाले सत्यतथ्यमा आधारित भएर समाचार संप्रेषण गर्नुपर्दछ । अनुसन्धान एवं खोज पत्रकारितालाई नै बढावा दिनुपर्छ ताकि कसैले गरेको राम्रो कामका बारेमा सबैले थाहा पाउन् र भ्रामक समाचारबाट जनता नअल्मलिऊन् ।

पछिल्लो समयमा सञ्चारमाध्यमको भूमिका राम्रो पाएको छु । बिजपाटीले आफ्नो स्थापनाकालदेखि नै यथार्थपरक र निष्पक्ष समाचार संप्रेषण गर्दै आइरहेको छ । नेपाली अर्थतन्त्रका विभिन्न पाटोहरूलाई केलाएर विश्लेषणात्मक सामाग्री जनतामाझ पस्किन सक्ने यस मिडियाको क्षमता निकै नै सह्रानीय छ ।

मिडियाले बैंकले गरेका गतिविधिलाई नागरिकले बुझ्न सक्ने गरी सरल ढङ्गमा प्रस्तुत गर्ने गरेको छ, जसले गर्दा मानिसलाई एनएमबि बैंक भनेको कस्तो बैंक हो र यसले दीगो अर्थतन्त्र र समृद्धि नेपालको लक्ष्य प्राप्तिका लागि के कस्तो क्रियाकलाप गरेको छ भन्ने कुरा सजिलै बुझ्न सकेका छन् ।

सुनिल केसी नेपाल बैंकर्स संघको अध्यक्ष तथा एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् ।  यो लेख बिजपाटी डटकमको ८ औ वार्षिकोत्सवको अवसरमा प्रकाशित 'समृद्धिको यात्रामा सञ्चारमाध्यम' स्मारिकाबाट साभार गरिएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved