विवादमा तानिएपछि गले अर्थमन्त्री, घटाए बजेटमार्फत बढाएको करको दर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2022 | 06:51:56 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेटमार्फत कर बढाईएका केही वस्तुहरुको कर घटेको छ । अर्थ मन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकका निर्णय अनुसार आज साँझ राजपत्रमा सूचना जारी गर्दै बजेटमार्फत कर बढाईएका ५ बस्तुको करको दर हेरफेर गरेको हो । 

अर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिव रामेश्वर दंगालको संयोजकत्वमा कर घटाउन सकिने बस्तुका विषयमा अध्ययन गर्न समिति बनाएका थिए । सोही समितिको सिफारिसका आधारमा मंगलबारको बैठकले निर्णय गरेको हे । 

नयाँ भन्सार महशुलको दररेट अनुसार यसअघि १० प्रतिशत भन्सार महशुल तोकिएको भन्सार उपशीर्षक ७२१३.९१.१० (डन्डी) को भन्सार महशुल ५ प्रतिशतमा झारिएको् छ । 

नयाँ दररेट अनुसार भटमासको तेल उत्पादन गर्ने उद्योगहरुले भटमासका दाना आयात गर्दा यसअघि ५० प्रतिशत भन्सार महशुल छुट दिईएकोमा अब ९० प्रतिशत छुट हुने भएको छ । 

तोरी, रायो, क्यानोला (सर्स्यूँ) गेडा आयात गर्दा पनि यसअघि ५० प्रतिशत छुट रहेको भन्सार महशुल अब ९० प्रतिशत छुट हुनेछ । सूर्यमुखीको गेडा पैठारी गर्दा पनि अब ९० प्रतिशत नै भन्सार महशुल छुट हुने भएको छ । यसअघि बजेटमार्फत ५० प्रतिशत मात्रै छुट दिईएको थियो ।

त्यस्तै, कच्चा पामतेल र कच्चा सूर्यमुखी तेलको आयातमा पनि भन्सार महशुल ९० प्रतिशत नै छुट हुने भएको छ । त्यस्तै, सेनेटरी प्याड उद्योगले पर्फोरेटेड पी.ईं कच्चा पदार्थ पैठारी गर्दा अन्तःशुल्क नलाग्ने भएको छ ।

यस अघि व्यवासययीलाई फाइदा हुने गरि करको दर तोकेको भन्दै अर्थ मन्त्री शर्माको ब्यापक आलोचना भएको थियो । आलोचनापछि आफैले प्रस्ताव लगेर करको दर घटाएका हुन्  ।

हेर्नुस् सूची: 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved