तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको ठेक्का सिल्क ट्रान्सपोर्टलाई, ५ वर्षका लागि भयो सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 03:04:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकको लार्चास्थित तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको ठेक्का ट्रान्स सिल्क टर्मिनल कम्पनीले पाएको छ । 

बिहिबार नेपाल इन्टर मोडल यातायात विकास समिति र सिल्कबीच सम्झौता भएको सिल्कका प्रतिनिधिले बिजपाटीलाई जानकारी दिए । उनका अनुसार नेपाल इन्टर मोडल यातायात विकास समितिले बन्दरगाह व्यवस्थापनका लागि आह्वान गरेको ग्लोबल टेन्डरमार्फत सिल्कले ठेक्का पाएको हो ।

सिल्कले ५ वर्षका लागि ११ करोड ७० लाख रुपैयाँमा बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको सिल्कका प्रतिनिधिले जानकारी दिए । 

कम्पनीले असोज १० गतेदेखि काम सुरु गर्नेछ । 

यसअघि उक्त बन्दरगाह व्यवस्थापनको काम पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले गर्दै आएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved