मकवानपुरमा नयाँ उद्योग दर्ता गर्नेको संख्यामा कमी, गत वर्ष तीन प्रकारका मात्रै उद्योग दर्ता

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Oct 18, 2022 | 09:06:14 PM मा प्रकाशित

laxmi  sunrise bank

भानुभक्त आचार्य

मकवानपुरमा नयाँ उद्योग दर्ता गर्नेको संख्यामा कमी आएको छ । आर्थिक बर्ष २०७७÷०७८ को तुलनामा आ.व. २०७८÷०७९ मा नयाँ उद्योग दर्ता गर्नेको संख्यामा कमी आएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाले मकवानपुरमा गत आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार नौ सय ८१ नयाँ उद्योग तथा व्यवसायका लागि अनुमति दिएको थियो । एक हजार दुई सय ५२ वटा नयाँ उद्योग तथा सात सय २९ वटा नयाँ वाणिज्य व्यवसायिक फर्म दर्ता भएको कार्यालयले जनाएको छ । अघिल्लो आ.व. २०७७÷०७८ मा एक हजार छ सय ९८ वटा उद्योग र आठ सय दुई वटा वाणिज्य गरी दुई हजार पाँच सय नयाँ उद्योग दर्ता भएका थिए । 

कार्यालयले आठ प्रकारको उद्योग दर्ता गर्दै आइरहेकोमा गत आ.व.मा तीन प्रकारका मात्रै उद्योग दर्ता भएको जानकारी दिएको छ । उत्पादनमूलक उक सय २०, कृषि तथा वनपैदावरमा आधिारित आठ सय २४, सेवामूलक तीन सय आठ वटा नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका सबै साना उद्योग हुन् । नयाँ उद्योग दर्ताबाट कार्यालयले एक करोड ३३ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

जिल्लामा थपिएका उद्योगहरुको कुल पुँजी दुई अर्ब ५७ करोड १६ लाख ८५ हजार रुपैयाँ रहेको छ भने बार्षिक उत्पादन क्षमता तीन अर्ब ९२ करोड १२ लाख रुपैयाँ बराबर रहेको कार्यालयले जनाएको छ । गतआर्थिक बर्षमा सात सय ५१ महिला र सात सय ९९ पुरुष उद्यमी भएका छन् । थपिएका उद्योगमा महिला दुई हजार पाँच ८५ र पुरुष दुई हजार २२ गरी चार हजार छ सय सात जनाले रोजगारीको अवसर पाएका छन् । 

जिल्लामा वाणिज्यतर्फ थपिएका व्यवसायिक फर्मको कुल पुँजी लगानी ४ अर्ब १८ करोड ३७ लाख रुपैयाँ भन्दा बढी रहेको छ । त्यस्तै गतआ.व.मा व्यवसाय नवीकरण गर्ने सात सय २९, नामसारी गरी लिने सात य ९४, ठाउँसारी गर्ने ४४, उदेश्य थप गर्ने ७९, उद्योगब्यवसायको लगत कट्टा गर्ने एक सय ७५ उद्योग रहेका छन् । पाँच सय ७९ वटा व्यावसायिक फर्मको पुँजि लगानी तीन अर्ब सात करोड ६९ लाख रुपैयाँ भन्दा बढी छ । 

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले संघले महिला उद्यमीलाई तालिम, उत्पादन, बजारीकरणलगायतका क्षेत्रमा सघाउने गरेको बताउँछन् । पछिल्ला दिनहरुमा घरेलु उद्योगमा काम गर्ने दक्ष जनशक्तिको अभावका कारण घरेलु उद्योगप्रतिको आकर्षण बढ्न नसकेको अध्यक्ष अग्रवालको धारणा छ । 

फर्निचर, टेलरिङ, मेटल वक्र्स, हस्तकलाका सामग्री उत्पादन गर्ने उद्यमीले दक्ष जनशक्ति भारतीय बजारबाट ल्याएर उत्पादन गरिरहेको अध्यक्ष अग्रवालले बताए । संघले युवालाई लक्षित गरेर बिभिन्न प्रकारका तालिम दिने काम गरिरहेको भएपनि घरेलु उद्योगमा आकर्षण बढ्न नसकेको अग्रवालले बताए । घरेलु तथा साना उद्योग कार्यालयले आवश्यक सूचना समयमै उद्योग वाणिज्य संघमार्फत् उपलब्ध गराउने गरेको कार्यालयले जनाएको छ । 

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाले नगरपालिकाले उद्यमशीलतालाई प्रोत्साहन गर्ने कार्यक्रमहरु संचालन गरिरहेको बताइन् । उपमहानगरपालिकाले महिला उद्यमीलाई सघाउने काम गरिरहेको बताउँदै नगरप्रमुख लामाले उद्यमशीलता विकासको लागि आफूहरु लागिरहेको बताइन् । नगरक्षेत्रमा भएका घरेलु उद्योगको स्तरीकरण गर्न बिशेष प्याकेजको रुपमा कार्यक्रम ल्याउन जरुरी रहेको नगरप्रमुख लामा बताउँछिन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved