अहिले बैंकिङ क्षेत्रमात्र नाफामा छ, ३ महिनामा अर्थतन्त्र सहज हुन्छ: अध्यक्ष गोल्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2022 | 07:02:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महांसघका अध्यक्ष शेखर गोल्छाले वर्तमान अवस्थामा बैंकिङ क्षेत्र मात्र नाफामा रहेको बताएका छन् । महासंघले आयोजना गरेको चाडपर्वको शुभकामना आदान प्रदान कार्यकममा उनले बैंकिङ बाहेकका सबै क्षेत्रमा समस्या रहेको बताएका हुन् ।

उनले कोभिडको प्रभाव, बाह्य क्षेत्रको असन्तुलन र तरलता लगायतका समस्याका कारण व्यवसय गर्न कठिन भएको बताए । अर्थतन्त्रमा आएको समस्याले उद्योगी व्यवसायी मात्र नभई सबैलाई असर गरेको उनले बताए । सोधानान्तर घाटा बढ्नु, विदेशी संचिति घट्नु, ब्याजदर बढेर १८ प्रतिशतसम्म पुग्नेले समस्या भएको उनले बताए ।

राजश्व १९ प्रतिशतले कम संकलन हुँदा सरकारलाई चालु खर्च चलाउन कठिन भएको, निर्माण व्यवसायमा ६० प्रतिशत गिरावट आएको, मनसुन लम्बिएकोले निर्माण कार्य सुस्त रहेको, गार्मेन्ट व्यवसायमा ७० प्रतिशत गिरावट आएको, अटोमोबाइल क्षेत्रमा पनि गिरावट आएको, जनरल इन्स्योरेन्स व्यवसायमा गिरावट आएको तर बैंकिङ क्षेत्र भने नाफामा मै रहेको उनले बताए । अबकाे तीन महिनामा अर्थतन्त्र सहजबाटाेमा जाने अपेक्षा रहेको उनले बताएका छन् ।

महासंघकोवर्तमान नेतृत्व कोभिडको असहज परिस्थितिमा आएपनि धेरै काम गरेको उनले बताए । कोभिडको महामारीको समयमा पनि भिजन पेपर सार्वजनिक गरि महासंघको लक्ष्य स्पष्ट पारेको उनले बताए । त्यस्तै ९ वटा कानुन निर्माण भएको, स्टार्टअप कार्यक्रम सुरु गर्न सफल भएको, महासंघ कै लबीङमा निर्यातमा नगद अनुदानको ब्यबस्था सुरु भएको, उनले उल्लेख गरे ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved