ललितपुरमा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ८१ लाख बढीको कारोबार भएको छ ।
१५ औं गोदावरी पुष्प मेलामा ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।
४४ हजार पाँच सय जनाले मेलाको अवलोकन गरेका छन् ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी ४ दिनसम्म गोदावरी फूलको मेला आयोजना गरिएको हो ।
मेलामा ५५ स्टल थिए ।