भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला त डिजेल–पेट्रोलको भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 04:27:06 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट पेट्रोलियम पदार्थको मूल्य पुनः घटेर आएको छ । आईओसीले नेपाल आयाल निगमलाई मूल्य घटेको सूची पठाएको हो । 

डिसेम्बर १ मा पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेको छ । 

नेपाल आयाल निगमका प्रवक्ता विनितमणी उपाध्ययाले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३८ पैसा, डिजेलमा प्रतिलिटर ११ रुपैयाँ २६ पैसा, हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र मटिट्तेलमा प्रतिलिटर ८० पैसा मूल्य घटेर आएको बताए । 

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ४४ रुपैयाँ बढेर आएको छ । 

भारतबाट मूल्य घटेर आएपछि इन्धन आयत गर्दा तिर्नुपर्ने पूरानो पैसा र सरकारसँग लिएको ऋण बाँकी रहेकाले तत्काल पेट्रोलिय पदार्थको मूल्य घट्न सक्ने अवस्था नरहेको उपाध्ययाको भनाई छ ।

अब निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५३ पैसा नाफा हुने भएको छ । ग्यासमा प्रतिसिलिन्डर २७७ रुपैयाँ घाटा कायम छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved