पत्थर तथा सिमेन्टबाट बनेका वस्तु आयात गर्दा नगद मार्जिन राख्नुपर्ने बाध्यता हट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 05:04:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले पत्थर, प्लाष्टर, सिमेण्ट, एस्बेस्टोस (अश्मतन्तु), अबरख वा यस्तै किसिमका पदार्थहरुबाट बनेका वस्तुहरु आयात गर्दा सत प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ। 

गत पुष ५ गते देखि राष्ट्र बैंकले हार्मेनिक कोड ६८ अन्तर्गतका यस्ता वस्तुको आयातमा लगाएको सत प्रतिशत मार्जिनको अनिवार्य व्यवस्थालाई परिर्वतन गरेको हो। योसँगै मार्बल टायलहरुको आयात गर्दा सत प्रतिशत मार्जिन राख्न नपर्ने भएको छ। 

गत पुसको व्यवस्था अनुसार यस्ता पत्थर तथा सिमेन्टजन्य वस्तु आयातको लागि एलसी खोल्दा जति रकमको आयात गर्नुपर्ने हो उक्त रकम बैंकमा जम्मा गरेपछि मात्रै एलसी खुल्न सकिन्थ्यो। 

अब भने आयातकर्ता र सम्बन्धित बैंकको समन्वयनमा केही रकम नगद मार्जिन राखि सजिलै एलसी मार्फत वस्तुहरु आयात गर्न सक्नेछन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved