४ महिनामा सरकारको खर्च ३५१ अर्ब, खातामा १८२ अर्ब मौज्दात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 03:23:45 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९÷८० को चार महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार रु.३५१ अर्ब भएको छ । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः रु.२८१ अर्ब ३९ करोड, रु.२६ अर्ब ३० करोड र रु.४३ अर्ब ३१ करोड रहेको छ । 

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) रु.२६८ अर्ब ७ करोड भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ रु.२४५ अर्ब ७९ करोड र गैर कर राजस्व तर्फ रु.२२ अर्ब २८ करोड परिचालन भएको छ । 

२०७९ असोज मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१८२ अर्ब ८४ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात रु.२२७ अर्ब ६९ करोड रहेको थियो ।

समीक्षा अवधिमा प्रदेश सरकारहरुकोकुल खर्च रु.२७ अर्ब ७५ करोड रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत परिचालन रु.४३ अर्ब ५२ करोड रहेको छ । समीक्षा अवधिमा यसमध्ये संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.३० अर्ब ५ करोड छ र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट रु.१३ अर्ब ४७ करोड रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved