५ महिनामा ६ खर्ब व्यापार घाटा, ३५ प्रतिशतले घट्यो निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 04:51:05 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७९/०८० को ५ महिनामा मात्रै नेपालको ब्यापार घाटा ६ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर सम्ममा व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो । 

कुल ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको बस्तु आयात हुँदा जम्मा ६७ अर्ब ३० करोडको मात्रै निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ को यहीँ अवधिको तुलनामा आयात २०.७१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको यो अवधिमा ८ खर्ब ३८ अर्बको बस्तु आयात हुँदा १ खर्बको निर्यात भएको थियो । 

चालु आर्थिक वर्षको ५ महिनामा निर्यात पनि ३४.६१ प्रतिशतले घटेको हो । 

आयात प्रतिबन्ध लगाउँदा पनि ब्यापार घाटा चुलिन रोकिएको छैन । सँगै, पुस १ गतेबाट प्रतिबन्धित सबै बस्तुको आयात खुलिसकेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved