नेपालको जीडीपीमा महिलाको योगदान कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2022 | 12:41:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको कुल गार्हस्थ्य उत्पादनमा महिलाले पु¥याएको योगदान ३५ देखि ४० प्रतिशत हाराहारीमा रहेको पाईएको छ  । राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययन प्रतिवेदनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महिलाले पु¥याएको योगदान ३५ देखि ४० प्रतिशत हाराहारीमा रहेको देखिएको हो । 

समग्रमा हेर्दा अन्तर्राष्ट्रिय स्तरमा महिलाको रोजगारी, कार्य घण्टा, आम्दानी लगायतका चरहरूको समावेश गरी अर्थतन्त्रमा महिलाको योगदानको गणना गर्ने गरेको पाइए तापनि महिलाको ज्याला तथा आम्दानी सम्बन्धी विस्तृत र यथेष्ट तथ्याङ्क उपलब्ध नभएकोले औद्योगिक वर्गीकरण अनुसारको कुल मूल्य अभिवृद्धि र औद्योगिक वर्गीकरण अनुसारको रोजगारीको लैङ्गिक तथ्याङ्कका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा महिलाको योगदानको अनुमान गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार यसरी अनुमान गर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा महिलाको योगदान आर्थिक वर्ष २०७४÷७५ मा ३६.७८ प्रतिशत र २०७५÷७६ मा ४०.७८ प्रतिशत पाइयो। आर्थिक गणना २०७५ को रोजगारीको तथ्याङ्ककका आधारमा गणना गर्दा आ.व. २०७४÷७५ मा कुल गार्हस्थ्य उत्पादनमा महिलाको योगदान ३३.५० प्रतिशत पाइयो भने नेपाल श्रम शक्ति सर्वेक्षण २०६५ को लैङ्गिक तथ्याङ्कका आधारमा गणना गर्दा २०६५ मा महिलाको योगदान ३६.८९ प्रतिशत पाइयो ।

प्रदेशगत औद्योगिक वर्गीकरण अनुसार रोजगारीको तथ्याङ्कक उपलब्ध नभएकाले प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रदेशका महिलाको योगदान गणना गर्न नसकिएको आयोगले जनाएको छ।

अध्ययन प्रतिवेदनमा राष्ट्रिय लेखा प्रणाली २००८ कार्य व्यवस्थाको प्रयोग गरी एक्स्टेन्डेड जिडिपिको गणना गरी महिलाको योगदान अनुमान गर्ने व्यवस्था मिलाउन सकिने सुझाव दिएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved