पूर्वअर्थमन्त्रीहरूले खोजे आर्थिक समस्या समाधानको उपाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 09:41:21 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वअर्थमन्त्री फोरमको बैठक सकिएको छ । वर्तमान आर्थिक समस्या समाधान गर्ने उपायको खोजीमा केन्द्रित भएको बैठक सकिएको हो । 

वर्तमान समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेटले पहलकदमी लिनुपर्ने फोरमको निष्कर्ष छ । आउँदो बजेटले उत्पादन, उद्यमशीलता, रोजगारी र आयात प्रतिस्थापनका लागि कठोर र स्पष्ट मार्गनिर्देश गर्नुपर्ने निष्कर्षमा पूर्वअर्थमन्त्री फोरम पुगेको हो । 

फोरमको बैठकले उत्पादनमूलक क्षेत्रमा लगानीको विस्तार, रोजगारीका अवसरहरू सिर्जना, स्वदेशी उत्पादनको प्रयोग र निकासी नै वर्तमान आर्थिक समस्या समाधानको उपाय भएको जनाएको छ । 

बैठकले सुरक्षित एवं लगानीमैत्री वातावरणको सिर्जना गर्नुपर्ने, लगानीकर्तालाई प्रोत्साहन गरिनुपर्ने, मौजुदा नीति नियममा सुधार गरिनुपर्ने निष्कर्ष निकाल्दै यी विषयहरु सुधारका लागि सुझाव प्रदान गर्ने निर्णय पनि गरेको छ । 

बैठकले आर्थिक अवस्थामा देखिएका समस्या तथा चुनौतीको निकास निकाल्न फोरमको आयोजनामा सरोकारावाला सम्पूर्ण पक्षहरूको सहभागिता हुने गरी बृहत् आर्थिक बहस कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 

बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा, डा. प्रकाशचन्द्र लोहनी, अर्थसचिव तोयम राया, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत सहभागी थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved