तत्काल १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2023 | 03:27:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले तत्काल धान, चामल र चिनी आयात गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तत्काल १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल , र र ५० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको हो।

उद्योग मन्त्री रमेश रिजालले मन्त्रिस्तरीय निर्णय गर्दै तत्काल उल्लेखित परिणामको धान, चामल र चिनी आयात सुचारु गर्ने तयरी गरेका हुन्। भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चामल अभाव हुन नदिन यो निर्णय गरिएको मन्त्री रिजालले बताए । भारतको प्रतिबन्धपछि तत्काल धान आयात गर्न सकिए नेपालमा चामलको अभाव नहुने व्यवसायीहरुले बताएका थिए । 

वाणिज्य विभागका महानिर्देशक गजेन्द्र ठाकुरले मन्त्रालयले आज निर्णय गरेको अब छिट्टै बाँकि प्रक्रिया अगाडी बढ्ने जानकारी दिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved