चीनको तर्फको निर्यात ३३८.५ प्रतिशतले वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 01:50:52 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दुई महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव ५.१ र निर्यात ७.८ प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकका अनुसार दुई महिनामा रु २६ अर्ब ४५ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४.९ प्रतिशतले कमी आएको थियोे । सो अवधिमा भारत तर्फको निर्यातमा १५.६ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुक तर्फको निर्यातमा क्रमश ३३८.५ प्रतिशत र ५.१ प्प्रतिशतले वृद्धि भएको छ । 

नेपालबाट जिङ्क सिट, अलैँची, पार्टिकल बोर्ड, पोलिष्टर धागो, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।

दुई महिनाको अवधिमा नेपालले रु २ खर्ब ५९ अर्ब ७५ करोड बराबरको विदेशी वस्तु आयात छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले कमी आएको थियो । सो अवधिमा एमएस तार, छड, बार तथा क्वाइल, तयारी पोशाक, विद्युतीय उपकरण, लत्ता कपडा, विद्य’तीय सामान लगायतको आयातमा वृद्धि भएको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल कच्चा पाम तेल लगायतका वस्त’को आयाता घटेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved