तेस्रो लगानी सम्मेलन सुरु, ९ खर्बका परियोजना देखाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 10:18:05 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । आज र भोली गरि दुई दिनसम्म चल्ने तेस्रो लगानी सम्मेलनमा ९ खर्बका विभिन्न १५१ वटा परियोजनाहरु शो–केश गरिने छ ।

सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनिसकेको बताएका छन् । यो लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्रीको भनाइ छ । 

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । 

विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका नेपालका ३८५ जनाको सहभागी भएका छन् ।

चीनका २६५, भारतका १४३, अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्य (बेलायत) का १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना लगानीकर्ता सहभागी छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९/९ जना लगानीकर्ता आएका छन् । 

पाकिस्तानबाट ९, सिङ्गापुरबाट ६, कतार र घानाबाट ५/५ जना तथा साउदी अरब, फ्रान्स र बहराइनबाट ४/४ जना सहभागी छन् । 

त्यसैगरी, स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन तीन जना सम्मलेनका लागि नेपाल आएका छन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई दुई जना आएका छन् ।

त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved