नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर र शाखा अधिकृत पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 10:23:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

देशभरका यातायात कार्यालयबाट १ लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । 

शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved