नियन्त्रणमा आउँदै मुल्यवृद्धि, हिमाल र काठमाडौंमा अझै उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 04:44:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । सार्वजानिक विवरणअनुसार गत असोज मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७ दशमलव ५० प्रतिशत छ । गतवर्षको सो अवधिको तुलनामा भने मुद्रास्फीति १ प्रतिशत बिन्दुले कमी हो । गतवर्षको यस अवधिमा यस्तो मुद्रास्फीति ८.५ प्रतिशत थियो ।

त्यस्तै चालु आर्थिक वर्षको भदौ महिनासम्म पनि वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको थियो । यता, सरकारले चालु आर्थिक वर्षका लागि मुद्रास्फीति साढे ६ प्रतिशतभित्र काय राख्ने लक्ष्य राखेको छ । सरकारको लक्ष्यभन्दा तीन महिनाको अवधिमा एक प्रतिशत बिन्दुले बढी देखिएको हो ।

चालु यसअवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८ दशमलव ३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव ८१ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७ दशमलव ६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८ दशमलव २२ प्रतिशत, फलफूलको १४ दशमलव ०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव २३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ दशमलव ९२ प्रतिशतले बढेको छ । तर, घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ६१ प्रतिशतले घटेको छ ।

गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १२ दशमलव ११ प्रतिशत, शिक्षाको नौ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको आठ दशमलव ०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६ दशमलव २५ प्रतिशतले बढेको छ । 

यता, यातायात क्षेत्रमा १ दशमलव ६२ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । गत असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १० दशमलव २३, तराईको ५ दशमलव ६६, पहाडको ७ दशमलव ३८ प्रतिशत र हिमालको १० दशमलव २४ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved