४ महिनामा १ अर्ब १३ करोड बढीको सिमेन्ट निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 01:49:00 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ४ महिनामा १ अर्ब १३ करोड बढीको सिमेन्ट निर्यात भएको छ । यो अवधिमा क्लिकंर सिमेन्ट ५८ करोड ५७ लाख ८७ हजार र पोर्टल्याण्ड सिमेन्ट(पीटीसी) ५४ करोड ४९ लाख ७३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

क्लिकंर सिमेन्ट १ लाख ७४ हजार ८१९ टन निर्यात हुँदा पोर्टल्याण्ड सिमेन्ट ६ लाख ३१ हजार ८९९ टन निर्यात भएको भन्सार विभागको तथ्यांकले उल्लेख गरेको छ । 

नेपालबाट हालसम्म पाल्पा, अर्घाखाँची, सर्वोत्तम, बाहुबली, श्रृष्टि, सिजी सिमेन्ट भारतमा निकासी हुँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved