२०८० सालमा पौने ३ खर्ब सार्वजनिक ऋण थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 05:46:21 PM मा प्रकाशित

laxmi  sunrise bank

२०८० सालमा पौने ३ खर्ब सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यलयका अनुसार २०८० सालमा २ खर्ब ७९ अर्ब ७२ करोड सार्वजनिक ऋण बढेको हो । 

कार्यालयका अनुसार २०७९ को चैत मसान्तसम्म नेपालले तिर्न बाँकी सार्वजनि ऋण २१ खर्ब, ६ अर्ब ६ करोड रहेको थियो । २०८० को चैत मसान्तसम्म यस्तो ऋण बढेर २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । 

तिर्न बाँकी उक्त ऋण मध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक हो । त्यसैगरी १२ खर्ब ६ अर्ब ३१ करोड वाह्य ऋण रहेको कार्यालयले जनाएको छ । २०७९ को चैत मसान्तसम्म १० खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ आन्तरिक र १० खर्ब ६९ अर्ब १२ करोड वाह्य ऋण थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved