कक्षा ११ र १२ मा दुई विषय थपियो, ६ देखि १० सम्म घटाइयो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 01:38:58 PM मा प्रकाशित

nepal oil ltd

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको नयाँ पाठ्यक्रम संरचनाले २ विषय थप गरेको छ। अहिलेसम्म ५ विषय पढाइ हुने गरेकोमा आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने भएका छन्।

विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकीजस्ता छुट्टाछुट्टै संकाय नभई ११ र १२ विद्यालय शिक्षाअनुसार नै संकायविहीन बनाइएको छ। ११ र १२ पढ्ने विद्यार्थीले नेपाली, अंग्रेजी, सामाजिक र जीवन उपयोगी शिक्षा अनिवार्य र ३ ऐच्छिक विषय पढ्नुपर्नेछ। 

त्यस्तै यस अघि ११ र १२ मा अनिवार्यबाट हटाइएको गणित ऐच्छिक बिषयमा राखिएको छ। गणित विषय अनिवार्यबाट हटाइएकोमा विरोध हुँदै आएको थियो। अब  जीवन उपयोगी शिक्षाको सट्टा गणित पढ्न पाइनेछ। 

नयाँ पाठ्यक्रम संरचना स्वीकृत भैसकेको र यही वर्ष कक्षा ११ मा नमूनाका रुपमा लागू हुने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले बताए। 

काप्रीका अनुसार कक्षा ९ र १० मा अहिलेसम्म ८ विषय पढाइ गरिएकोमा आउँदो शैक्षिक सत्रदेखि भने ७ विषय मात्रै पठनपाठन हुदैंछ। स्वास्थ्य तथा जनसंख्या विषय हटाइने भएको छ। पाठ्यपुस्तक तयार गर्दा विज्ञानमा प्रविधि सम्वन्धिका पनि विषयवस्तुहरु समावेश गर्ने तयारी गरिएको हो। ५ विषय अनिवार्य छ भने २ विषय ऐच्छिक हुनेछ।

कक्षा ६ देखि ८ सम्म पढाइ हुँदै आएको नागरिक वा पेशाव्यवसाय विषय हटाइएको छ। यद्दपी काप्रीले विषयलाई घटाएको बढाएको भन्दा पनि ती पहिल्यै रहेका विषयमा मिल्ने विषयबस्तु समावेश गरिएको बताए। कक्षा १ देखि ३ सम्म विषयगत शिक्षण गर्ने गरी पाठ्यक्रम तयार गरिएका छन्।

उनका अनुसार कक्षा १ मा भर्ना हुनुभन्दा पहिले पूर्वबालकक्षा शिक्षालाई पनि थप व्यवस्थित बनाउन लागिएको छ। बालबालिकालाई मनोरञ्जनका लागि समय छुट्टाइएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिएअनुसार नै पाठ्यक्रम बनाइएका हुन्। जीवन उपयोगी शिक्षामा स्थानीय तहहरुले आफ्ना आवश्यकताअनुसार विषय छनौट गरी शिक्षा दिन सक्छन्। विद्यालय तह संविधानअनुसार नै स्थानीय तह अन्तर्गत छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved