
आगामी शैक्षिकसत्रदेखि माध्यमिक तहबाट प्राविधिक बिषयलाई अनिवार्य रुपमा पाठ्यक्रममा समावेश गरिने भएको छ। महोत्तरीको बर्दिबास नगरपालिकामा आधारशिला परिवारले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यस्तो बताएका हुन।
दशैँतिहार, नेपाल संवत्, छठ र इद पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अब यो लक्ष्य प्राप्त गर्न माध्यमिक तहदेखि नै आयुर्वेद, योग, कृषि, पशुविज्ञान र वनसम्बन्धी पाठ्यक्रम बन्ने जानकारी दिए।
कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रदेश नं २ का इञ्चार्ज सत्यनारायण मण्डल र सहइञ्चार्ज विश्वनाथ साह, प्रदेशसभा सदस्य शारदा थापा, भरतप्रसाद साहलगायतले सम्बोधन गरेका थिए।