‘प्याब्सक’को अध्यक्षमा गेन्द्र लामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 10:34:31 AM मा प्रकाशित

nepal oil ltd

निजी विद्यालयहरुको छाता संगठन ‘निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को अध्यक्षमा गेन्द्र लामा निर्वाचित भएका छन् । प्याब्सकको चौथो अधिवेशनले प्राक्सीस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल लामालाई अध्यक्षमा निर्वाचित गरेको हो । लामासहित १५ सदस्य कार्यसमिति निर्वाचित भएका छन् ।

उपाध्यक्षमा समिर बास्तोला, महासचिवमा राजन श्रेष्ठ, उप–महासचिवमा भिष्म ढकाल, सचिवमा दिपेश खत्री, कोषाध्यक्षमा मिन कुमार कोइराला, सह–कोषाध्यक्षमा सुदिप काफ्ले, सदस्यहरुमा लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोज कुमार धमला, होमलक्ष्मी गुरुङ, तेन्जिङ्ग भुटिया, राजकुमार गिरी, सन्तोष लुइटेल र अनिता गिरी निर्वाचित भएका हुन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved