कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 05:18:04 PM मा प्रकाशित

laxmi  sunrise bank

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने भएको छ । नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

नयाँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालसमेतले गत असोज २८ गते सर्वोच्च अदालतमा रिट दायर गराएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर सरकारका नाममा नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो । 

सरकारले २०७६ सालको फागुनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved