नेपाल एडू फेयरको भर्चुअल शैक्षिक मेला सुरु, ३५ जनाले पूर्ण छात्रवृत्ति पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 06:28:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एडू फेयरको चौथो भर्चुअल शैक्षिक मेला आजदेखि सुरु भएको छ । प्लस टु उत्तीर्ण गरी स्नातक तहमा पढ्ने तयारी गरेका विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले भर्चुअल शैक्षिक मेलाको आयोजना भएको हो । 

मेलामा कक्षा १२ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि के बन्ने ? के–कस्ता अवसर छन् ? विषय कसरी छनोट गर्ने ? नेपालमा के–कस्ता विषयको पढाइ हुन्छ ? विश्व बजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ ? कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्व, सम्भावना, छनोट आदिका विषयमा सहजीकरण गरिने आयोजकले जनाएको छ। 

आयोजकले भनेको छ 'पहिले परामर्शका लागि विद्यार्थी कलेज धाउनुपर्ने बाध्यता थियो । त्यसलाई मध्यनजर गरेर विद्यार्थी, अभिभावक र कलेजलाई जोड्ने पुलको रूपमा भर्चुअल शैक्षिक मेला आयोजना भएको हो । अर्कोतर्फ अहिले कोरोना महामारीले विश्व नै आक्रान्त छ । यस्तो अवस्थामा भर्चुअल मेलाको विकल्प छैन । तर, हामीले कोरोनाअगावै पनि भर्चुअल रूपमा नै यस्ता मेलाहरू गर्दै आएका थियौँ । विज्ञान र प्रविधिको युगमा भर्चुअल मेलालाई नै अनुसरण गर्नुको विकल्प पनि छैन ।'

मेलामा स्नातक तह अध्ययन अध्यापन गराउने उत्कृष्ट २० वटा कलेजको सहभागिता छ ।आयोजकले ‘शिलापत्र उज्ज्वल स्कलरसिप’ अन्तर्गत  यो वर्ष पनि हामीले विद्यार्थीलाई स्नातक तहमा नौवटा विषयमा र प्लस टु तहमा ३५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । 

मेला २० गतेसम्म चल्ने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved